सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ ले प्रहरीलाई मोटरसाइकल प्रदान गरेको छ ।
वडा कार्यालयले प्रहरीलाई एक÷एक वटा मोबाइल र सिमकार्ड पनि उपलब्ध गराएको हो । साथै वडा कार्यालयले प्रत्येक महिना ३० लिटर पेट्रोल र तीन सय रुपैयाँको रिचार्ज कार्ड उपलब्ध गराउने जानकारी दिएको छ ।
आज एक कार्यक्रमकाबीच वडाध्यक्ष भुपेन्द्र खत्रीले मोटरसाइकल, मोबाइल र सिमकार्ड जिल्ला प्रहरी कार्यालाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँले वडाको शान्ति सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई आवश्यक सामान सहयोग गरेको बताउँदै भन्नुभयो, ‘यसले शान्ति सुरक्षा मजबुत गराउन प्रहरीलाई सहयोग पुग्ने अपेक्षा छ ।’