सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
धनगढी प्रिमियर लिगमा आइतबारको पहिलो खेल मैदानको अवस्थाका कारण ढिलो सुरु हुने भएको छ ।
दुई दिनको वर्षाका कारण मैदान अझै पनि पूर्ण रुपमा खेल्न योग्न नभएकाले आयोजकले आजको पहिलो खेल ११ बजेबाट मात्र सुरु गर्ने जनाएका छन् ।
आजको पहिलो खेलमा महेन्द्रनगर र सीवाईसी अत्तरिया खेल्नेछन् । महेन्द्रनगरले तीन खेलमा एक अंक बनाएको छ भने अत्तरियाको चार अंक छ । आजको खेलमा जित निकालेमा अत्तरिया प्लेअफमा पुग्नेछ भने महेन्द्रनगर बाहिरिनेछ ।
महेन्द्रनगरका लागि प्लेअफमा पुग्न निकै कठिन छ । उसले आफ्ना सबै खेल जितेर अरुको खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।