खो–खोको पहिलो विश्वकप आजदेखि शुरू : उद्घाटन खेलमा नेपाल र भ...
पुस २९, २०८१ सोमबार
ललितपुर – ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ ।
बाबुले रक्सीको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
‘हामी अनुसन्धानका क्रममा छौँ’, मिश्रले भन्नुभयो, ‘पीडकलाई अनुसन्धानका लागि सात दिनको अदालतले म्याद थप गरेको छ ।’ बडिखेल स्वास्थ्य चौकीको निर्देशनानुसार पीडित बालिकालाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको बताइएको छ ।
घरका कोही नभएको मौका छोपी बाबुले दुई दिनअगाडि छोरी बलात्कार गरेको स्वास्थ्य चौकीकी अनमी प्रमिला चालिसेले बताउनुभयो । ‘दुई दिनसम्म अत्यन्त रक्तस्राव भएको गाउँलेले तेस्रो दिन थाहा पाई उपचारका लागि स्वास्थ्यचौकी ल्याए’, उहाँले भन्नुभयो, ‘पीडितको अवस्थादेखि हामीले तत्काल उनलाई पाटन रिफर गर्यौँ ।’
बालिका बाबुबाटै बलात्कृत भएको हो या हैन भन्ने ठोस प्रमाण सङ्कलनका लागि उनको डीएनए परीक्षण गर्न प्रहरीले महाराजगञ्ज अस्पताल पठाएको अस्पतालको प्रहरी कक्षमा कार्यरत मिलन राना भाटले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।