श्रीस्वस्थानी व्रतकथा समापन गरिँदै

 फागुन ७, २०७५ मंगलबार ८:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज माघ शुक्ल पूर्णिमा । पूजआजा गरी श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदैछ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि पढ्दै र सुन्दै आएको श्रीस्वस्थानी व्रतकथा आज सकिन्छ । 

व्रत समाप्तिका दिन आज श्रीस्वस्थानीको पूजा गरी चढाइने १ सय ८ रोटी, १ सय ८ पान, १सय ८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई दिने, श्रीमान् नभए छोरालाई दिने, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने चलन छ । 

एक महिनासम्म  पशुपति, गौरीघाट, गणेश मन्दिर, शाली नदी तथा सतीदेवीका अङ्ग पतन भएको भनिएका ठाउँमा पूजा गर्नेको घुइँचो लागेको थियो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया