आज दिउँसाेदेखि तराईको हुस्सु हट्ने, पहाडका केही ठाउँमा बदली...
पुस २९, २०८१ सोमबार
पाल्पा - रामपुर र चापाकोटलाई जोड्ने कालीगण्डकीमा आँधीघाट-बर्दले पक्की पुल शिलान्यास भएको छ । पाल्पाको रामपुर नगरपालिका–१० र स्याङ्जाको चापाकोट नगरपालिका–१० जोड्ने त्यस पुलको मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार शिलान्यास गर्नुभयो ।
मुख्य सचिव रेग्मीले पुलमा गाडी वारपार गर्नका लागि मात्र नभई रामपुर र चापाकोट क्षेत्रको समृद्धिका लागि समेत महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले पुल निर्माण तोकेको मितिभित्रै सम्पन्न गर्न अनुरोध गर्नुभयो । मुख्य सचिव रेग्मीले कालीगण्डकीमा निर्माण कार्य रोकिएको निर्दिमघाट र दामाचौर प्याक्लुकघाट पक्की पुलको निर्माण कार्य अघि बढाएर तीन वटै पुलको उद्घाटन एकैसाथ गर्ने बताउनुभयो । कार्यक्रममा सडक विभागका उप-महानिर्देशक दीपक भट्टराईले निर्माण कम्पनीले काम छिटो सक्ने मात्र नभई गुणस्तरमा पनि उत्तिकै ध्यान दिएर काम गर्न सुझाव दिनुभयो । यस्तै वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाणले पुलले कालीगण्डकी बेशीको आर्थिक समृद्धिलाई उकास्ने बताउनुभयो ।
सपना महादेव खिम्ती दिवा जेभीले २०७४ साल मङ्सिर २२ गते ठेक्का सम्झौता गरी त्याे पुलको निर्माण कार्यको जिम्मा लिएको थियो । भ्याटसहित २८ करोड ४० लाख रुपैयाको लागतमा २०७७ साल मङ्सिरसम्म काम सक्ने गरी काम थालिएको नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंले जानकारी दिनुभयो ।
पुलले कालीगण्डकी वारिपारिका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र वालिङ नगरपालिकालाई जोड्नेछ । पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।