सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – चीनले दुनियाकै पहिलो महिला एआई (आर्टिफिसियल इन्टेलीजेन्ट) न्युज एंकर (समाचार वाचक)को निर्माण गरेको छ । अब मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने यिनै भर्चुअल न्युज एंकरले टिभीमा समाचार पढ्नेछिन् । यिनलाई शिन शाओमेंग नाम दिइएको छ ।
चीनको समाचार एजेन्सी शिन्हुआले बताएअनुसार एआईबाट चल्ने पत्रकारमाथि धेरै प्रयोगपछि मात्र उनलाई टीभी स्क्रीनमा ल्याउन लागिएको हो । बेइजिङकाे सोगोउ इंकसँग मिलेर शिन शाओमेंगको निर्माण गरिएको हो ।
समाचार एजेन्सीले एआई एंकरले मान्छेभन्दा धेरै राम्रो गर्नसक्ने बताएको छ । यस्तै एआईले घण्टौसम्म नरोकिएरै समाचार वाचन गर्नसक्ने र यसले समाचार उत्पादनको लागतमा पनि कमी आउने बताइएको छ ।
Xinhua's male #AI anchor can now broadcast news in a standing position, with more body language pic.twitter.com/2YZLouhYnN
— China Xinhua News (@XHNews) February 20, 2019
शिन शाओमेंग नामको यो भर्चुअल एंकर र यसको हाउभाउ मान्छेको जस्तै छ । यसले २४ घण्टासम्म लगातार समाचार पढ्न सक्ने र प्रोफेशनल न्युज एंकरले झैं समाचार वाचन गर्ने शिन्हुवाको दावी छ ।
अघिल्लो वर्षको नोभेम्बर मा चीनको वुज्हेनमा आयोजित एक 'टेक एक्सपो'मा दुई पुरुष एआई न्युज एंकरबाट नै समाचार वाचनमा एआईको प्रयोग सुरु भएको थियो । यिनीहरु मध्ये एउटाले चिनीयाँ भाषामा र अर्कोले अंग्रेजी भाषामा समाचार वाचन गरेको थियो ।
अंग्रेजी एआई एंकरले आफ्नो कार्यक्रमको सुरुवातमा बोल्दै भनेको थियो, ‘हेलो यु आर वाचिङ इङिलस न्युज प्रोग्राम एण्ड आई एम एआई न्युज एंकर’, अर्थात तपाई अंग्रेजी समाचार कार्यक्रम हेरिरहनुभएको छ र म हूँ एआई न्युज एंकर ।