रियल मड्रिडको कठिन जित

 फागुन १३, २०७५ सोमबार ७:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडले स्पेनिस ला लिगामा लेभान्टेसँग दुई एक गोलको कठिन जित निकालेको छ । जसमा भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले उसको जित संभव भएको हो ।

निकै तनावपूर्ण खेलमा दुबै टिम दश खेलाडीमा झरेका थिए । खेलको ४३ औँ मिनेटमा करिम बेन्जिमाको गोलमार्फत अग्रता बनाएको रियलविरुद्ध ६० औं मिनेटमा लेभान्टेका मार्टीले गोल गर्न सफल भए । 

त्यसपछि ७८ औं मिनेटमा लेभान्टेका खेलाडीले फल गरेपनि रेफ्रीले भारको सहायतामा पेनाल्टीको मौका दियो । जसमा ग्यारेथ बेलले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए । तर ८६ औं मिनेटमा रियल १० खेलाडीमा झर्न पुग्यो । 

नाचो दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल दश खेलाडीमा झर्‍याे । तर त्यसको दुई मिनेट पछि नै लेभान्टेका रोचिना पनि रातो कार्ड पाउँदै बाहिरिए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र रियलले जित निकाल्यो । 

जितसँगै तेस्रो स्थानको रियलले २५ खेलबाट ४८ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ५७ अंक रहेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया