महिला विश्वकप क्रिकेट छनोट : नेपाल र चीन प्रतिस्पर्धा गर्दै

 फागुन १३, २०७५ सोमबार ११:३७:१४ | रासस
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा साेमबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको बैंककमा साेमबार नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे सुरु हुनेछ ।

साेमबारको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै रहनेछ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अङ्क तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । 

चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै छ अङ्क बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै छ अङ्क नै छ । रन रेटका आधारमा नेपाल चीनभन्दा एक स्थान तल छ । अङ्क तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहेको छ । उसले खेलेका सबै चार खेलमा जित निकाल्दै आठ अङ्क जोडेको हो । त्यसैगरी पाँच खेल खेलेको यूएई एकमा हार तथा चारमा जित निकाल्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । 

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । 

प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

जारी प्रतियोगितामा नेपाल ग्लोबल छनोटमा पुग्न साेमबारको खेल तथा कुबेतसँग १५ गते हुने खेल जितेर मात्र हुँदैन थाइल्याण्डले एक खेलसमेत हार्नुपर्ने हुन्छ । त्यसैले गणितीयरूपमा मात्र नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । छनोट खेलमा नेपाल, थाइल्याण्ड, यूएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया