क्षेत्रीय संकट गहिरिएकाे भन्दै पाकिस्तानी विदेशमन्त्रीले स्थगित गरे जापान भ्रमण

 फागुन १४, २०७५ मंगलबार १५:५२:२३ | एजेन्सी
unn.prixa.net

जैश-ए-मोहम्मदले आक्रमणको जिम्मेवारी लिइसकेको भए पनि भारतले पाकिस्तानलाई दोषी ठहर्‍याउँदै बदलाको आक्रमण गरेको बताएको छ ।

यसले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पाकिस्तानलाई अलग्याउन कुटनैतिक ठेस पुग्न सक्ने अनुमान गरिन्छ ।

यस्तै पाकिस्तानलाई आफ्नो घनिष्ट राष्ट्रको मान्यताबाट भारतले हटाइसकेको छ  । यति मात्र नभएर पाकिस्तानबाट भारत भित्रिने सामानमा २०० प्रतिशत भन्सार कर लगाएको छ । भारतले आफ्नो देशबाट पाकिस्तानमा टमाटर निर्यात गर्न मात्र बन्देज लगाएन, त्यहाँका सुटिङ खेलाडीहरुलाई भिसा दिन पनि अस्वीकार गर्‍याे ।

पाकिस्तानले आक्रमण गरेको भनेर यदि भारतले प्रमाण देखायो भने आफूले अनुसन्धान थालनी गर्ने बताउँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले झुटाे आरोप लगाएको भनेका थिए । उनले यदि भारतले आक्रमण गरेमा आफूले पनि त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएका थिए । 

गएको शुक्रबार पाकिस्तानी सेनाले भारतले कुनै पनि प्रकारको दुस्साहस नगर्न र यदि गरेमा त्यसको परिणाम नराम्रो हुने भन्दै चेतावनी दिएका थिए । भारतको आक्रमणले पाकिस्तानमा क्षेत्रीय तनाव फैलिएसँगै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले फेब्रुअरी २४ मा तोकिएको उनले जापान भ्रमण स्थगित गरेका थिए ।

कुरैशीले जापानका आफ्ना समकक्षी तारो कोनोलाई फोन गर्दै पुलवामा आक्रमण पछि देशको अति गम्भीर अवस्थामा आफूले देशमै बस्नुपर्ने भएका कारण आफू त्यहाँ आउन नसक्ने बताएका थिए ।

उनले तारोलाई भविष्यमा पाकिस्तानी सुरक्षा व्यवस्थालाई स्थिर बनाइराख्न संयुक्त राष्ट्रसँग आग्रह गरी माग्न पनि अनुरोध गरेका थिए । कुरैशीले कानोसँग जापानले पनि पाकिस्तानमा सुरक्षाको भूमिका निर्वाह गर्नको लागि आग्रह गरेका थिए ।

क्युरेसीले जापान र पाकिस्तानको सम्बन्ध वर्षौँदेखि सुमधुर बन्दै आएको बताउँदै जापानका प्रधानमन्त्रीलाई भनेर आफ्नो भ्रमण सारिदिन कानोसँग आग्रह गरेका थिए ।

त्यसपछि दुईटै विदेशमन्त्रीले कुरैशीको नयाँ घेटघाटको लागि नयाँ मिति तोक्ने विषयमा निर्णय भएको छ । कुरैशीको आगामी भेट जापानका प्रधानमन्त्री सिन्जो आबेसँग हुने आशा गरिएको पाकिस्तानी विदेश मन्त्रीको सचिवालयले बताएको छ ।

यस्तै कुरैशीले यही विषयमा जर्मनीका विदेशमन्त्री हेको माससँग पनि आइतबार टेलिफोनमा कुराकानी गरेका थिए । 

उनले भारतको आधारहीन आरोप र आक्रमक बदला बाहेक पुलवामा आक्रमणको बारेमा पाकिस्तानले भारतसँग मिलेर अनुसन्धान गर्नुपर्ने बताए । मासले जसरी भए पनि देशमा शान्ति स्थापना गर्न लाग्नुपर्ने समेत बताएका थिए ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया