अमेरिकी डलरकाे भाउ आज पनि स्थिर
पुस २९, २०८१ सोमबार
ललितपुर – बाह्राैँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना हुने भएको छ ।
अहिले धेरै मात्रामा बढ्दै गएको रासायनिक मल तथा विषादिको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको भन्दै त्यसको न्यूनिकरणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रले २०६३ सालदेखि उक्त मेला आयोजना गर्दै आएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
जैविक विविधताको ह्रासबाट माटोको प्राकृतिक जीवनमा नकारात्मक प्रभाव परेको, आजभोलि नाइट्रोजनयुक्त रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा नाइट्रोजनको मात्रा जम्मा भएकाे पाइएकाे छ । यसले गर्दा माटोमुनि चुहिएर भूमिगत पानीसमेत दूषित भएको, बालीलाई किराबाट बचाउन प्रयोग गरिने विषादीको अत्यधिक एवं असन्तुलित प्रयोगबाट उत्पादित वस्तु विषादीयुक्त हुनाको साथै पर्यावरणीय सन्तुलनसमेत बिग्रिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्राङ्गारिक कृषि उपज जनसमुदायसमक्ष परिचित गराउने, प्राङ्गारिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहन गर्ने, उपभोक्ता वर्गमा स्वस्थकर प्राङ्गारिक कृषि उपज उपभोग गर्न प्रोत्साहन गर्ने, निर्यातयोग्य प्राङ्गारिक कृषि वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्याउने, दिगो कृषि विकासको लागि प्राङ्गारिक कृषि पद्धतिको आवश्यकता बोध गराउने र प्राङ्गारिक कृषि व्यवसाय प्रबद्र्धन गर्न सहयोग पुर्याउने मेलाको उद्देश्य रहेको छ ।
हेल्भटास नेपालका अध्यक्ष भोला श्रेष्ठले उक्त मेलामा १२५ कक्ष हुने जानकारी दिनुभयो । 'मेलामा नेपालका चार हजार कृषकलाई रैथाने बाली चखाउने योजना रहेको छ', श्रेष्ठले भन्नुभयो, 'झण्डै २५ लाख किसानले मेलाको अवलोकन गर्ने भएका छन् ।'
कृषि अनुसन्धान तथा ट्रेनिङ सेन्टरका अध्यक्ष गोविन्द शर्माले रासायनिक मल र विषादीको प्रयोगले एक मिनेटमा १३ हजार हेक्टर जमीन मरुभूमिकरण भइरहेको जानकारी दिनुभयो ।
'हाल नेपालमा दुई हजार किसानले प्राङ्गारिक कृषि गरिरहेका छन्' शर्माले भन्नुभयो, 'नेपालको ३६ लाख दुई हजार ६०० रोपनी जग्गामा प्राङ्गारिक कृषि उत्पादन भइरहेको छ, भने उपत्यकाको ४२ स्थानमा प्राङ्गारिक पसल खोलिएका छन् ।' सरकारले अबको १० वर्षभित्रमा नेपाललाई प्राङ्गारिक कृषिमा परिणत गर्ने नीति बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।