‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

 फागुन १४, २०७५ मंगलबार २०:३२:२४ | रासस
unn.prixa.net

काठमाण्डाै - सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । 

न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो ।

निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो । 

यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायात व्यवसायकै रुपमा प्रयोग गर्न नपाइने रिट निवेदनमा उल्लेख छ । अदालतको अन्तिम फैसलामा त्याे व्यवसाय हाललाई रोक लगाउन नपर्ने उल्लेख छ 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया