मार्जिन कारोवार सुरु गर्न स्टकको आग्रह

 फागुन १५, २०७५ बुधबार ६:३१:१ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोवार शुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । स्टकले मंगलबार सबै धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै मार्जिन कारोवार प्रणाली सुरु गर्न आग्रह गरेको हो । 

कारोवारलाई सुरक्षित, पारदर्शी एवम् व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ तयार भई लागू भइसकेको छ । यही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत सबैलाई स्टकले आग्रह गरेको छ । 

याे व्यवस्थाबमोजिम शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउनेछन् । धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया