सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने : अध्यक्ष थापा

 फागुन १७, २०७५ शुक्रबार १३:१६:३७ | रासस
unn.prixa.net

माेरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ । 

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा शुक्रबार बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।” 

अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो । 

उहाँले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो । 

बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रङ्गेली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया