छाडा छोडिएका गाई-गोरुको संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

 फागुन २०, २०७५ सोमबार १३:३५:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागलगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, भोक, ओतको समस्या अन्त्य गर्न माग गरिएको छ । 

नेपालको संविधानको धारा ९ (३) अनुसार गाईलाई राष्ट्रिय जनावर भन्ने स्पष्ट उल्लेख गरी समग्र जनताले राष्ट्रिय जनावर र हिन्दू धर्मको धरोहर मान्दै तिहारमा धर्म संस्कृतिअनुसार लक्ष्मी पूजामा गाई र गोवद्र्धन पूजामा गोरुलाई पुज्ने धार्मिक आस्थालाई विचलित पार्न नहुने निवेदनमा उल्लेख छ । 

राष्ट्रिय जनावर तथा धार्मिक पहिचान बोकेको गाईगोरु साथै अन्य बाच्छाबाच्छीहरुसमेत उपयोग समाप्त भई सकेपछि जिम्मेवारीबाट मुक्त हुनका लागि आफ्नो घर कम्पाउण्डबाट बाहिर छाडिदिने त्यसपश्चात संरक्षण नगर्ने कार्य रोक्न निवेदनमा परमादेशको माग गरिएको छ । 

छाडा छाेडिएका गाईगाेरुले हानेर पछिल्लाे समय मानवीय क्षति पनि भएकाे छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया