आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आउँदाे वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारी नरहने बताएकी छिन् । तर चुनावमा आफू सक्रियताका साथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन् ।
प्रसिद्ध अमेरिकी टेलिभिजन न्यूज १२ द्वारा सोमबार प्रसारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्,“मैले निर्वाचनमा सक्रियताका साथ डेमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।”
पूर्व सांसद क्लिन्टनले भनिन्, 'हाम्रो देशमा निर्वाचनमा को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई साँच्चै समस्यामा पार्ने गरेको छ ।'
उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षीहरूलाई सङ्केत गर्दै भनिन्, “ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका विषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीका साथ नलिनुस् ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।