बी डिभिजन लिगकाे उपाधि आरसीटीलाई

 फागुन २१, २०७५ मंगलबार १९:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रानीपोखरी कर्नर टिम (आरसीटी) ले शहीद स्मारक ’बी’ डिभिजन लिगको उपाधि जितेको छ । 

मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो ।

ललितपुरको सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरे  । खेलको २५ औं मिनेटमा लोकेन्द्रले हेड गोल गरेका थिए ।

उपाधिसँगै आरसीटीले आठ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।

तेस्रो भएको टुसाल युथ क्लबले तीन लाख रुपैयाँ र चौथो हुने सातदोबाटो युथ क्लबले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपाधि चुम्ने क्रममा आरसीटीले अन्तिम चरणमा तीन खेल जित्दै नौ अङ्क जोड्यो । श्री भगवतीले ६ अङ्क जोडेर उपविजेता बन्यो । तेस्रो भएको टुसालले एक खेल जितेको थियो । अन्तिममा लिग चरणको अङ्क समावेश गरिएको थिएन । 

‘बी’ डिभिजन च्याम्पियन भएपनि आरसीटी ‘ए’ डिभिजनमा बढुवा हुने छैन । यो वर्ष रेलिगेशनबिनाको लिग भएकाले आरसिटी बी डिभिजनमै बस्नेछ ।

गएको माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसीटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया