पचास रुपैयाँका २३ करोड थान नयाँ नोट छापिँदै

 फागुन २१, २०७५ मंगलबार २०:५५:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले  नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । 

विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने त्याे कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । 

फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा त्याे परिमाणको नोट छाप्ने जिम्मा पाएको छ । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया