सप्तरीकाे राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

 फागुन २३, २०७५ बिहीबार ६:५८:६ | रासस
unn.prixa.net

सप्तरी – सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । 

राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको नगर कार्यसमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने निर्णय गरेको हो ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले)को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग २०७३ साल फागुन २३ गते मलेठमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका पाँच जना शहीदको स्मृति एवं सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नगरपालिकाले विज्ञप्ति जारी गरी शहीदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ । 

मलेठ घटनाको दुई वर्ष पूरा भएको दिन शहीदको सम्मानमा हुने स्मृति सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रित दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा–फोरमको संयुक्त समितिले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया