सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
रामेछाप – पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको रामेछाप नगरपालिका आफ्नै नवनिर्मित भवनमा सरेसँगै त्यस कार्यालयवाट सेवा आरम्भ गरेको छ ।
नगरपालिका प्रमुख नरबहादुर थापामगरले रामेछापको तल्लो बजारमा १ करोड ९ लाख ९९ हजार ९ सय ४१ रुपैयाँमा निर्माण गरिएको सो भवनको उद्घाटन गर्नुभयो ।
भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख सिर्जना खड्का, पालिकाका सबै वडा अध्यक्षहरुको उपस्थितिमा रहेको हो ।
यसअघि नगरपालिका रामेछाप बजारको माथिल्लो बजारमा व्यक्तिको घरमा भाडा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।
कार्यालय भवन नहुँदा हुने सबै किसिमका सेवा सुविधा नागरिकहरुलाई प्रदान गर्न समस्या झेल्दै आएको नगरपालिकाले अबका दिनमा सहज ढंगले सेवा प्रवाह गर्न सहज भएको नगरपालिका प्रमुख थापामगरले जानकारी दिनुभयो ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।