आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
ललितपुर – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विहीबार प्रतिष्ठानमा आयोजना गरेको ३३ औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उहाँले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पार्नुभयोे ।
सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताउनुभयोे । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताउनुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले नवनियुक्त कर्मचारीमा ‘म गर्न सक्छु’ भन्ने सकारात्मक सोच हुनुपर्नेमा जोड दिनुभयो । प्रशासनमा कुरा गर्नेभन्दा काम गर्ने व्यक्ति आवश्यक भएको उहाँले बताउनुभयो । “म सिङ्गो संस्था बदल्न सक्छु र मैले नसके कसले सक्छ भन्ने विश्वासका साथ नयाँ कर्मचारी कार्यक्षेत्रमा जानुपर्छ”, उहाँले भन्नुभयो ।
सार्वजनिक सेवा प्रशासन विभागका वरिष्ठ निर्देशक नारायणगोपाल मलेगोले प्रशासनमा रहेको ढिलासुस्ती बदल्ने जिम्मेवारी नवनियुक्त कर्मचारीको काँधमा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।