चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
भारत र अस्ट्रेलियाबीचको चौथो एक दिवसीय क्रिकेट आइतबार मोहालीमा हुँदैछ । लगातार दुई वटा एक दिवसीय खेल जितेर २–० को अग्रता बनाएको भारत शुक्रबार राँचीमा भएको तेस्रो एक दिवसीयमा ३२ रनले पराजित भएपछि अष्ट्रेलिया पनि सिरिजमा फर्किएको छ ।
आइतबारको खेलमा भारत विजयी भए एक खेल अघिनै पाँच वटा एकदिवसीय सिरिज भारतले आफ्नो पक्षमा पार्ने छ भने अस्ट्रेलिया विजयी भए अन्तिम खेलको नतिजाले सिरिजको छिनोफानो हुनेछ । अहिले भारत सिरिजमा २–१ ले अघि छ ।
तेस्राे खेलमा भारतीय अम्पायर शमसुद्दिनले ३२ औं ओभरमा ९३ रन बनाएर खेल्दै गरेका एराेन फिञ्चलाई दिएकाे एलबीडब्लू आउटकाे निर्णयलाई पनि विश्व क्रिकेट जगतमा चासाेका रुपमा लिइएकाे छ ।
What on earth has just happened with the Finch LBW? Ball tracker has the ball pitching somewhere completely different, and that sort of affects the trajectory doesn't it. Might still be out, but bizarre. #INDvAUS #Finch pic.twitter.com/fDyZR1X0p0
— Raunak Kapoor (@RaunakRK) March 8, 2019
तेस्राे खेल ३२ रनले हारेपछि चौथो खेलमा भारतले केही खेलाडी परिवर्तन गर्ने जनाएको छ । अस्ट्रेलियाविरुद्धको बाँकी २ खेलमा पूर्व कप्तान तथा विकेटकीपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई आराम दिइएको छ ।
ओपनरः भारतीय टिमको पछिल्लो समय ओपनिङ साझेदारी राम्रो छैन । ओपनिङको रुपमा रोहित शर्मा र शिखर धवनले जारी सिरिजका पछिल्ला तीन खेलमा जम्मा ७३ रन बनाएका छन् । तर आसन्न विश्वकपको ओपनिङ जोडीको रुपमा पनि यसलाई हेरिएकाले आइतबार पनि उनीहरुले नै ओपनिङ गर्ने पक्का छ ।
नम्बर ३ः कप्तान विराट कोहलीले नम्बर तीनमा ब्याटिङ गर्नेछन् । करियरको ४१ औं शतक बनाएका कोहलीले तेस्रो एक दिवसीय क्रिकेटमा जम्मा ९५ बल खेलेका थिए । जसमा १६ चौका र एक छक्का प्रहार गरे । तर उक्त खेलमा भारत ३२ रनले पराजित भएपछि २ खेल अगावै सिरिज जित्ने धोको पूरा हुन सकेन ।
नम्बर ४ः अम्बाति रायडू अहिले खराब फर्ममा रहेका छन् । विश्वकपको टिममा पर्न उनलाई अब बाँकी दुई वटा खेलमा उत्कृष्ट फर्म देखाउन जरुरी छ । चार नम्बरमा उनले ब्याटिङ गरे पनि अझै पनि उनी चल्न नसके केएल राहुललाई विश्वकपमा स्थान बनाउन सजिलो हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अम्बातिभन्दा राहुलले कम मौका पाएकाले पनि उनको सम्भावना बढी देखिनसक्ने आकलन गरिएको छ ।
नम्बर ५ः पाँच नम्बरमा विकेटकीपर ऋषभ पन्तले यो खेलमा महेन्द्रसिंह धोनीको स्थान लिनेछन् । जारी २ खेलका लागि धोनीलाई आराम दिएकाले पनि पन्तले मौका पाउन लागेका हुन् । ऋषभले पाएको मौकामा उनले उत्कृष्ट प्रदर्शन गरेकाले बीसीसीआई उनीमाथि भरोसा गर्न सक्छ ।
नम्बर ६ः केदार जाधव छैटौं नम्बरमा ब्याटिङका लागि आउनेछन् । उनले भारतलाई मुस्किल पर्दा धेरै पटक इनिङ उकास्न महत्वपूर्ण भूमिका खेलेका छन् । अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा उनले महेन्द्रसिंह धोनीलाई राम्रो साथ दिँदै खेल जिताएका थिए । यस्तै प्रदर्शन गरिरहेका केदारलाई विश्वकपमा स्थान बनाउन सजिलो पनि रहेको छ ।
अलराउण्डरः विजय शंकरलाई अलराउण्डरको रुपमा खेलाइने छ । मिडियम पेस बलरसमेत रहेका विजय शंकरले सातौ नम्बरमा ब्याटिङ गर्ने छन् । यसैगरी २५० रनको लक्ष्य बचाउने क्रममा विजय शंकरले अन्तिम ओभर बलिङ गर्दा अस्ट्रेलियाका बाँकी २ विकेट लिँदै भारतलाई ८ रनको जित दिलाएका थिए ।
स्पिन बलर : अस्ट्रेलियाविरुद्धको चौथो खेलमा रवीन्द्र जडेजाको ठाउँमा लेग स्पिनर युजबेन्द्र चहलले स्थान लिन सक्ने आकलन गरिएको छ । जडेजाको फर्म राम्रो नभएकाले उनको ठाउँमा चाहलले मौका पाउने अपेक्षा गरिएको हो ।
रवीन्द्र जडेजाले बलिङमा औसत प्रदर्शन गरे पनि ब्याटिङ गर्न सकेका छैनन् । युजबेन्द्र चाहल प्लेइङ ११ मा सामेल हुँदा कुलदीप यादवलाई पनि थप मद्दत पुग्ने बताइन्छ ।
फास्ट बलरः भारतीय टिमको तीव्र गतिको बलिङमा भने केही परिवर्तन हुने अनुमान गरिएको छ । मोहम्मद शामीको ठाउँमा भुवनेश्वर कुमारलाई खेलाउने सम्भावन छ भने उनलाई जसप्रित बुमराहले सघाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।