तीन महिलासहित आठजना जुवाडे पक्राउ

 फागुन २६, २०७५ आइतबार १३:२०:३ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरीवृत बौद्धले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने उहाँले बताउनुभयाे ।

नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि पटक/पटक झगडा परिसकेको जानकारी दिए । सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्य महिला पनि धनाड्य छन् । कर्मा लामा (हेलम्बु) ले गोप्य रुपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ । 

त्यसैगरी शनिबार नै मूलपानीको एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन् । उनीहरुको साथबाट रु पचास हजार २०० बरामद भएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया