चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रो पटक बेर्नाबेउ पुगेका जिनेदिन जिदानको खेलाडी अनुबन्धको सूचीमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ पनि रहेका छन ।
यो समर विन्डोमा तीन सय मिलियन पाउण्ड खर्च गर्ने तयारीमा रहेको रियलले रहिमलाई अनुबन्ध गर्न सक्ने बताइएको छ ।
च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक दिलाएर क्लबबाट बाहिरिएका जिदान फेरि क्लबको प्रशिक्षकका रुपमा अनुबन्ध भएका छन् । उनी अनुबन्ध भएपछि रियलले धेरै स्टार खेलाडीलाई क्लबमा भित्र्याउन सक्ने अनुमान गरिएको छ ।
यस्तैमा सिटीका रहिम पनि जिदानको सूचीमा रहेका छन् । द मिररले जनाएअनुसार रहिमको प्रदर्शनलाई रियलले ट्रयाक गरिरहेको बताएको छ । यसका साथै नेइमार, इडेन हाजार्ड र क्रिस्टियन एरिक्सनमाथि पनि रियलले आँखा लगाएको छ । रहिमले यो सिजन क्लबका लागि २७ खेलमा १५ गोल र नौ एसिस्ट गरेका छन् ।
सिटीसँग उनको सम्झौता २०२३ सम्म रहेको छ । लिभरपुलका पूर्व खेलाडी रहिमले नयाँ सम्झौताअनुसार सिटीबाट साताको तीन लाख पाउण्ड पाउँदै आएका छन ।
२४ वर्षीय रहिम जिदानले रियलमा भित्र्याउन चाहेकाे खेलाडीको सूचीमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।