स्थापना दिवस मनाउँदै पत्रकार महासङ्घ

 चैत ५, २०७५ मंगलबार ११:३:१८ | रासस
unn.prixa.net

काठमाणडौ – नेपाल पत्रकार महासङ्घले यही चैत १६ गते ६४ औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एसोसिएट समितिलाई निर्देश गरेको छ ।

यो अवसरमा महासङ्घका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरूसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्ने निर्णय भएको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । 

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले गएको फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्ताव कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाई आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले आगामी मे २ र ३ तारिखमा मनाउने राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलनमा महासङ्घका सबै पूर्वअध्यक्ष तथा सभापति, महासङ्घले अहिलेसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानी तथा सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

यही अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीलाई परिचयपत्र र प्रतीक चिह्न प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मानसमेत गरिने भएको छ ।
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया