निर्मला पन्त हत्या प्रकरण : पूर्व प्रहरी उपरीक्षक विष्टको बयान सकियो, बहस सुरु

 चैत ६, २०७५ बुधबार १७:५९:४४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टको

बयान सकिएको छ । मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको बुधबार बयान सकिएको हो । बहस सकिएपछि गुनचेक बहस सुरु भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो । 

उहाँका अनुसार मंगलबार यातनासम्बन्धी मुद्दामा बयान लिइएकोमा बुधबार प्रमाण नष्टको मुद्दामा बयान लिइएको थियो । बयान सकिएसँगै सुरु भएको बुधबार नसकिएपछि शुक्रबार पनि बहस हुने अवस्थीले बताउनुभयो । 

जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधीवक्ता देवराज भारती र सह–न्यायधीवक्ता मोहनी जोशी तथा प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गर्नुभएको थियो । 

विष्टलाई अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ छ । 

मुद्दाका प्रतिवादीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चादँनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया