नेकपा सरकारमा थुप्रै छोटे राजाहरु हाबी भए : नेता पौडेल

 चैत ९, २०७५ शनिबार ११:०:८ | बाबुराम देवकोटा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी नागरिकको हक हितका लागि भोलिदेखि आफूले मधेस सम्वाद कार्यक्रम सुरु गर्ने बताउनु भएको छ ।

‘मधेसी जनताको हक हित के गर्दा हुन्छ, समस्या के हो ? म भोलिदेखि सम्वाद सुरु गर्छु’, नेपाल प्रेस युनियन सिन्धुली शाखाले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘दुई तिहाई नेतृत्वको नेकपाको सरकार नेपाली राजनीति इतिहासकै असफल सावित भएको छ ।’

नेता पौडेलले वर्तमान सरकारका कारण लोकतन्त्र नै खतरामा परेको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा डेमाक्रेसी सिध्याउन नेकपा सरकार, पैसा थुपार्ने, पैसाकै भरमा चुनाव गर्ने र पैसाकै भरमा पार्टी किन्ने प्रवृत्तिले लोकतन्त्र नै सिध्याउन लागिपरेको छ ।’

उहाँले एउटा राजा हटाए पनि नेकपा सरकारमा थुप्रै छोटेराजाहरु हाबी भएको भन्दै उनीहरुसँग लड्न निक्कै कठिन भएको बताउनुभयो । उहाँले नेकपाको वर्तमान सरकारसँग ‘ओरल्ली’, ‘मोरल्ली’ र ‘पोलिटिकल्ली’ लडाइँ लड्नु पर्ने तर्कसमेत गर्नुभयो ।

नेता पौडेलले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भले देशलाई सर्वसत्तावादतर्फ लैजान लागेको भन्दै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसले कठघरामा उभ्याएरै छाड्ने चेतावनी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया