काङ्ग्रेस नेता सिटौला डिस्चार्ज

 चैत १२, २०७५ मंगलबार १२:४१:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । 

काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार घर फर्कनुभएको उहाँका सहयोगी प्रेम भट्टराईले जानकारी दिनुभयो । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । 

उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया