शहीद स्मृति मकवानपुर गोल्डकप: सरस्वती क्लबलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

 चैत १२, २०७५ मंगलबार १९:४६:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडामा जारी दोश्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सरस्वती क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारकाे प्रवेशसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा थ्रीस्टारले विदेशी टाेली दाउफिन्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

खेलमा थ्रीस्टारका तर्फबाट विदेशी खेलाडी मान्सा बिभोगुइले २५ औं मिनेटमा गोल गरेका थिए । यसैगरी खेलको ६० औं मिनेटमा पिटर सेगुनले गोल गरे । म्यान अफ द म्याच थ्रीस्टारका पिटर सेगुन चुनिँदै १० हजार नगद प्राप्त गरे ।

चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया