स्याफ्रु–मैलुङ राजमार्ग सञ्चालनमा

 चैत १३, २०७५ बुधबार ७:४१:२५ | रासस
unn.prixa.net

रसुवा – निर्माण भएको एक वर्षपछि स्याफ्रु–मैलुङ सडकखण्ड सञ्चालनमा आएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गल्छी, त्रिशूली, मैलुङ र स्याफ्रुवेंशी सडक सुधार आयोजनाले सडकका अवरोध हटाएलगत्तै नयाँ राजमार्गमा पूर्णरूपमा सवारी साधन ओहोरदोहोर गराइएको हो । 

राजमार्ग सुधारका कदम अगाडि बढिरहेकाले केरूङबाट सामान बोकी आएका मालवाहक सवारीसाधन मात्र स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावतीतर्फ आउन पाउने र काठमाडाैंबाट सामान लिन केरूङ जाने ट्रक तथा कन्टेनर भने बेत्रावती, कालिकास्थान धुञ्चेतर्फको पासाङल्हामु मार्ग प्रयोग गर्नुपर्ने तालिका निर्धारण गरिएको बताइएको छ । 

धुञ्चे पुछार त्रिशूली नदीमा पक्कीपुल निर्माण गर्न बाँकी भएका कारण नदी किनारको नयाँ सडक यो आर्थिक वर्षसम्म मात्र सञ्चालन हुने र आउँदो आर्थिक वर्षदेखि भने बाह्रै महिना सञ्चालन हुने सडक प्राविधिकले बताएका छन् । 

गल्छीदेखि बेत्रावती, मैलुङ हुँदै स्याफ्रुबेसीसम्मका राजमार्गमा सुधारका कार्य भइरहेको र मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटरको नयाँ राजमार्ग भने माथिल्लो निकायको निर्देशन, स्थानीयवासी एवं राजनीतिक दलसमेतको चाहनाअनुरूप निर्माण सुधारका साथसाथै यातायात सञ्चालन गरिएको सडक सुधार आयोजनाले जनाएको छ । 

नयाँ राजमार्गको हाकुवेंशी क्षेत्रमा सडक प्रहरी विट स्थापना गरिसकिएको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले गैरकानूनी क्रियाकलाप रोक्न सुरक्षा गस्तीसमेत परिचालन गरिएको बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया