मैत्रीपूर्ण फुटबलमा ब्राजिलको जित

 चैत १३, २०७५ बुधबार ८:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी भएको छ । मंगलबार राति ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमै रिपब्लिकले सुरुवाती अग्रता लिए पनि जोगाउन भने असफल भयो । रिपब्लिकका लागि डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । जसमा रोबर्टो फिरमिनोले एक तथा ग्याब्रियल जेससले २ गोल गरेका थिए ।

४९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर अन्तिम ७ मिनेट सम्हालिन नसक्दा चेक रिपब्लिक ब्राजिलसँग हार्न पुग्यो । जेससले ८३ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरेपछि ब्राजिल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।

मंगलबार रातिको अन्य मैत्रीपूर्ण फुटबलमा जापान, कोरिया, नाइजेरिया, सेनेगल, अर्जेन्टिना लगाएतका देशहरु  पनि विजयी भएका छन् ।

अर्जेन्टिनाले मोरक्कोमाथि १–० को जित निकालेको छ । लियोनल मेस्सी नखेलको खेलमा अर्जेन्टिनाको जितमा ८३ औं मिनेटमा एन्जेल कोरेराले गोल गरेका थिए । 

यसैगरी जापानले बोलिभिया माथि १–० को जित निकाल्दा कोरियाले कोलम्बियामाथि २–१ को जित निकाल्यो ।
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया