भारतीय विदेश सचिव गाेख्लेले प्रधानमन्त्री ओलीलाई भेटे

 चैत १४, २०७५ बिहीबार १९:५७:३२ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले बालुवाटारमा बिहीबार अपराह्न शिष्टाचार भेट गर्नु भएकाे छ । 

भेटका अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले बताउनुभयो । 

यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आजै सचिव गोख्लेले शिष्टाचार भेट गर्नुभयो । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई बताउनुभयो । 

बितेका एक वर्षमा भएका विकास–निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् । द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्र सचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् । 

सचिव गोख्ले भोलि नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया