मिडिया कप फुटसलको उपाधि प्रेस सङ्गठनलाई

 चैत १५, २०७५ शुक्रबार १६:५४:३५ | रासस
unn.prixa.net

काठमाण्डाै  - नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । 

शुक्रबार भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६-१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको महासङ्घका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो । 

विजेता र उपविजेता टिमलाई महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विजेता समूह प्रेस सङ्गठनले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले प्रेस युनियनले सात हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस सङ्गठन नेपालका खेलाडी दिपेन्द्र गुरुङ् बेस्ट स्कोरर र बेस्ट प्लेयर नेपाल प्रेस युनियनका खेलाडी निशान राई हुनु भएको छ । 

बिहीबारदेखि शुरु भएको फुटसल प्रतियोगितामा सञ्चार क्षेत्रसँग सम्बन्धी विभिन्न एघार सङ्घ संस्थाका टोलीले भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा (ए), नेपाल पत्रकार महासङ्घ काठमाडौँं शाखा (बी), इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र नेपाल पत्रकार मञ्चलगायतले भाग लिएका थिए ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया