चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले हरायो ।
कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । धोनीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।
सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसेपछि कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे । धोनी बाहेक ड्वाइन ब्राबोले २७ रन बनाए भने सुरेश रैनाले ३६ रन जोडे ।
१७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनमा समेटियो । राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए भने राुहल त्रिपाठीले सर्वाधिक ३९ रनको योगदान दिए ।
राजस्थानलाई कम स्कोरमा रोक्नका लागि दिपक चाहर, सार्दुल ठाकुर, ड्वाइन ब्राभो र इमरान ताहिरले दुई दुई विकेट लिए । जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।