भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

 चैत १८, २०७५ सोमबार ७:३५:२२ | रासस
unn.prixa.net

भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । 

वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

गएको मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो । 

रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् । गएको फेब्रुअरी १ तारिखमा पनि रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो । यो दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो । 

यसैगरी गएको फेब्रुअरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो । 

भारतमा फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकू विमानहरु भित्र्याउन पहल गरिए पनि त्यो सफल हुन सकेको छैन ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया