चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्ध २ विकेट लिएका छन् ।
चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिए । उनले साम कुर्रन र सर्फराज खानको महत्वपूर्ण विकेट दिलाए ।
सन्दीपले व्यक्तिगत पहिलो स्पेल दिएर टिमको चौथो ओभरमा बलिङ गरेका थिए । पहिलो बलमा एक रन दिएका सन्दीपले दोस्रो बल डट राखे । तेस्रो बलमा २ रन खर्चिएका सन्दीपले चौथो बलमा भने छक्का खाएका थिए । पाँचौ बलमा कुर्रनलाई एलबीडब्ल्यू आउट गरे । कुर्रन १० बलमा २० रन बनाएर आउट भए । सन्दीपले पहिलो ओभरमा १० रन खर्चिएर समग्रमा एक विकेट लिए ।
सन्दीपले व्यक्तिगत दोस्रो ओभर लिएर टिमको सातौँ ओभरमा आएका थिए । सुरुका दुई बलमा मायंक अग्रवालले रन लिन सकेनन् । तेस्रो बलमा एक रन लिँदै अग्रवाल ननस्ट्राइक इनमा गएपछि क्रिजमा आएका सर्फराज खानले चौथो बलमा एक रन लिए । पाँचौं र छैटौं बलमा सन्दीपले एक-एक रन खर्चिए । व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले चार रन दिएका थिए ।
तेस्रो स्पेल लिएर सन्दीपले १२ औं ओभरमा बलिङ गरेका थिए । उक्त ओभरमा उनले ९ रन खर्च गरे । अन्तिम बलमा डेभिड मिलरले छक्का प्रहार गरे पछि समग्रमा तीन ओभरमा २३ रन खर्चिए ।
पहिलो ओभरमा एक विकेट लिएका सन्दीपले दोस्रो र तेस्रो ओभरमा भने विकेट लिन सकेनन् ।
सन्दीपले १४ औं ओभरमा आफ्नाे अन्तिम ओभर बलिङ गरेका थिए । जसमा उनले पाँचौं बलमा सर्फराज खानको विकेट लिएका थिए । पाँचौ बलमा सन्दीपले सर्फराज खानलाई ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।