च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई निर्देशन दिनुभएको छ ।
नाष्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार गरी उद्यमशीलताको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
‘विकास र समृद्धिका लागि नाष्टले नयाँ ढङ्गले काम गर्नुपर्छ । प्राकृतिक स्रोतसाधनको उचित प्रयोगका साथ नवीन अनुसन्धान र आविष्कार जरुरी छ, त्यसका लागि द्रुत गतिमा काम अघि बढाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले भन्नुभयो ।
प्राज्ञ बैठकले चालू आव २०७५/०७६ को नीति तथा कार्यक्रम पारित गर्नाका साथै झण्डै ३० करोड रुपैयाँ बजेट पनि स्वीकृत गरेको छ । लामो समयदेखि प्राज्ञसभा बैठक बस्न नसक्दा कामकारबाही प्रभावित भएको अवस्थामा प्राज्ञ बैठकले आउँदो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने नाष्टले जनाएको छ ।
बैठकले नाष्टको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । विभिन्न विधामा दिइने पुरस्कारलाई पनि बैठकले स्वीकृति प्रदान गरेको र छिट्टै वितरण गरिने उपकुलपति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सीमित स्रोत र साधन भए पनि नाष्टले प्रभावकारी रुपमा काम गरिरहेको छ । अनुसन्धान र आविष्कारका क्षेत्रमा प्रभावकारी कामका लागि अर्को आवमा नयाँ कार्यक्रम ल्याइनेछ । युवा जनशक्तिलाई लक्ष्य गरेर समृद्धिका लागि नवप्रवर्त्तन कार्यक्रम सञ्चालन गरिनेछ । नाष्टले प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाउने तथा जडीबुटी र वन्यजन्तुको ‘बारकोड’ जस्ता विषयमा काम अघि बढाउने भएको छ ।
उपकुलपति श्रेष्ठले आगामी २०७६ वैशाख ४ गते नाष्टले नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको जानकारी दिनुभयो । बैठकले बारा र पर्सामा हावाहुरीले पुर्याएको क्षतिबारे शोक प्रस्तावसमेत पारित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।