चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग पराजित भएपछि तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
मंगलबार राति भएको खेलमा १० खेलाडीमा झरेको युनाइटेड उल्भरह्याम्टनसँग दुई एकले पराजित भयो । अवे खेलमा गुनरको प्रशिक्षणमा रहेको युनाइटेडले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १३ औं मिनेटमा फ्रेडको पासमा स्कट म्याक्टोम्नेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको २५ औं मिनेटमा डिएगो जोटाले उल्भ्सका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा युनाइटेड १० खेलाडीमा झर्न पुग्यो । उसका एस्ले योङ दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिए ।
त्यसपछि ७७ औं मिनेटमा स्मलिङले आत्मघाती गोल गरेपछि घरेलु टिम उल्भ्स दुई एकले विजयी भयो । यो हारले युनाइटेड केहि समयका लागि भएपछि शीर्ष तीनमा उक्लने मौका गुमायो । उसको ३२ खेलबाट ६१ अंक भएको छ ।
यता अर्को खेलमा फुलहाम वाटफोर्डसँग चार एकको भारी अन्तरले पराजित भएपछि रेलिगेसनमा परेको छ । लिगमा ५ खेल बाँकि हुँदा नै फुलहाम प्रिमियर लिगबाट झर्ने पक्का भएको हो । गएको सिजन उसले खेलाडी अनुबन्धमा एक सय मिलियन पाउण्ड खर्च गरेर १२ खेलाडीलाई अनुबन्ध गरेको थियो ।
तर पुरै सिजन उसको प्रदर्शनमा निकै कमजोरी देखियो । वाटफोर्डसँगको खेल सकिएपछि रेलिगेसनमा परेको पक्का भएको फलहामले फेरि शीर्ष डिभिजनमा उक्लनका लागि अर्को सिजनको च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।