च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
शरद शर्मा/रासस ।
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ ।
सुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी गराउनुभयो । त्रिविले ‘टीयू एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयरमार्फत निवेदन दिएको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो ।
ट्रान्सक्रिप्टका लागि सबै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’मा सार्ने काम अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार कानुन र विज्ञान सङ्कायका विद्यार्थीको तथ्याङ्क सार्ने काम अन्तिम चरणमा पुगेको छ । त्रिविले विद्यार्थीको २०५४ सालदेखिको तथ्याङक सार्न थालेको हो । त्यसअघि त्रिविले हस्तलिखित ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो ।
२०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । ‘हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियाैँ, तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो’, उहाँले भन्नुभयो, ‘अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छौ ।’
त्रिविले मानविकी सङ्कायको (बीए) यसैहप्ताबाट ट्रान्सक्रिप्ट दिन थालेको हो भने व्यवस्थापन र विज्ञान सङ्कायको ट्रान्सक्रिप्ट चाँडै नै दिने तयारी थालिएको परीक्षा नियन्त्रक जोशीले जानकारी गराउनुभयो । त्रिविले सबै सङ्कायको ट्रान्सक्रिप्टका लागि एकद्धार प्रणालीमार्फत विवरण गर्ने छ । अहिले सङ्कायपिच्छे फरक÷फरक ठाउँबाट ट्रान्सक्रिप्ट दिने गरेको त्रिविले ‘ट्रान्सक्रिप्ट युनिट’ खडा गरेर एकद्वार प्रणालीबाट सवै सङ्कायका ट्रान्सक्रिप्ट दिइने उहाँले बताउनुभयो । त्रिविले स्नातकपछि स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट दिने भएको छ ।
परीक्षाफल तीन महिनामा
यसैगरी त्रिविले परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ । यसअघि परीक्षा दिएको नौ महिनासम्म परीक्षाफल प्रकाशित गर्ने गरेको त्रिविले अब तीन महिनामा परीक्षाफल प्रकाशित गर्ने छ । अहिले परीक्षा दिएको पाँच महिनामा परीक्षाफल प्रकाशित गर्ने गरेका छौ’, उहाँले भन्नुभयो, ‘अब हामीले परीक्षाफल तीन महिनामा प्रकाशित गर्ने गरी काम गरिरहेका छाैँ ।’
जनशक्ति कम
परीक्षा नियन्त्रक जोशीले कार्यालयमा कम जनशक्ति भएका कारणले काममा सहजता नभएको बताउनुभयो । उहाँले पहिलेकै जनशक्तिले काम गर्नुपरेकाले काममा ढिलाइ भएको बताउनुभयो । “क्याम्पसको संख्या बढेर अहिले करिब एक हजार २२४ रहेका छन्, ती क्याम्पसको सबै परीक्षाको कामदेखि ट्रान्सक्रिप्ट दिने काम हामीले गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर हामीले पुरानै जनशक्तिकै भरमा काम गरिरहेका छौ, जसले गर्दा काम छिटो हुन सकेको छैन ।”
प्रादेशिक कार्यालय स्थापना गरिने
यसैगरी परीक्षा नियन्त्रण कार्यालय प्रादेशिक तहमा जाने भएको छ । अहिले विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा क्षेत्रीय कार्यालयमार्फत काम गरिरहेको कार्यालय अब प्रादेशिक तहमा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।