अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
कात्तिक २२, २०८१ बिहिबार
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सोमबार एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे आईएस विन्द्र स्टेडियममा किंग्स इलाभेन पञ्जाब र सनराईजर्स हैदराबाद आमने सामने हुने छन् ।
हैदराबाद र पञ्जाबको समान ६ अंक भए पनि तेस्रो र छैटौं स्थानमा रहेका छन् । हैदराबाद विजयी हुँदा दोस्रो स्थानमा उक्लने छ भने पञ्जाब विजयी हुँदा तेस्रो स्थानमा पुग्ने छ ।
दुवै टिमको प्रदर्शन मिश्रित रहेकाले साेमबारको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । हैदराबादले शनिबार मुम्बई इण्डियन्सविरुद्ध अप्रत्याशित हार व्यहोरोको थियो । अन्तिम पाँच ओभरमा जितका लागि ५३ रन बनाउनु पर्ने थियो । तर डेब्युखेलमा अल्जारी जोसेफले उत्कृष्ट बलिङ गर्दै छ विकेट लिएपछि मुम्बई इण्डियन्स विजयी हुन पुग्यो ।
अल्जारीले हैदरबादको मध्यक्रम ध्वस्त पारेका थिए । यस्तै पञ्जाबको तिब्र गतिका बलर चल्न सकेका छैनन् । सेम कुरान र मोहम्मद शामीले दिल्ली क्यापिटल्सविरुद्ध राम्रो प्रदर्शन गरे पनि चेन्नाईविरुद्धको बलिङ विर्सन लायक नै रह्यो ।
ब्याट्सम्यानमा लोकेश राहुल र सर्फराज खानले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरे पनि मध्यक्रमको ब्याटिङका कारण खेल हार्न पुग्यो । हैदराबादका कप्तान भुवनेश्वर कुमारले मोहालीको विकेट डेविड वार्नर र जोन बेयरस्टोलाई मद्दत गर्ने खालको हुने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।