च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ढिलो चाँडो नेत्रविक्रम चन्द ‘ विप्लव’ पनि राजनीतिक मूलधारमा आउनै पर्ने बताउनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभयो, 'ढिलो चाँडो विप्लवजी पनि यही प्रक्रियामा आउनै पर्छ । त्यसको कुनै विकल्प छैन ।' आफ्नै निवास खुमलटारमा चन्द समूहका नेता तथा कार्यकर्तालाई आज नेकपामा प्रवेश गराउँदै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रामा अगाडि जानुको कुनै विकल्प नभएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, 'कम्युनिस्ट आन्दोलनको हितमा, राष्ट्र र जनताको हितमा हामी आफैले लडेर जे उपलब्धि हासिल गरेका छौँ त्यसको रक्षा गर्ने, त्यसमा टेक्ने र समाजवादतिर जानुको विकल्प छैन ।'
अध्यक्ष दाहालले चन्द समूहबाट नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो । त्यस अवसरमा चन्द समूहका काठमाण्डाैमा क्रियाशील २० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।
चन्द समूहका काठमाण्डाैका नेता साङ्गे लामा, आदर्श केसीलगायतले प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै नेकपामा आवद्ध भएर समाजवादको यात्रामा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।