च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
पर्सा – निर्धन उत्थान लघुवित संस्था कलैयाबाट दुई लाख रुपैयाँ ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो ।
कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो । भत्किएको त्यो भग्नावशेषमा उनले माटो हटाएर छोरीको खुशी खोजिरहेको भए पनि अझसम्म त्यो खुशी भेटिन नसकेको भए पनि उनको आश भने जिउँदै छ ।
यस्तै पीडा भोगिरहेकी छिन्– ४५ वर्षीया रोजिना खातुनले । खातुनको पीडा पनि वीरबहादुरको भन्दा कम छैन । छोरी सबनमको टीकाटालोको तयारीमा जुटेकी खातुनको त्यो सपना पनि हावाहुरीसँगै उडेर गएको छ । बाराकै कलैया मधवनबाट बिहीबार केटा पक्ष आउने तय भएको थियो ।
टीकाटालो कार्यक्रममा आफन्त आउने क्रम जारी थियो । रोजिनाको खुशीको सीमा थिएन । तर एक्कासी आएको भीषण हावाहुरीले घर ढल्दा सबनम र उनकी बहिनी रुवीको त्यही ढलेको घरभित्र किचिएर ज्यान गएपछि रोजिनाको त्यो सपना पनि उडाएर लगेको छ ।
फेटा गाउँपालिकाको पुरैनियाका इजहार मियाँ आफ्ना सात जना परिवारसँग हाँसीखुशी जीवन गुजारा गर्दै आएका थिए । तर आइतबार साझ आएको दानवीय हावाहुरीले इजहार परिवारका चार जनालाई निल्न पुग्यो । हावाहुरी आएको बेला सातै जना घरमा सुरक्षित बसेका थिए । त्यही बेला अचानक घर भत्किँदा श्रीमती मीना खातुन, बुहारी सकिया, नातीहरु रुकसाल र समसारलाई सदाको लागि लिएर गएपछि अहिले इजहार शून्यमा टोलाइरहेका हुन्छन् ।
ठूलो आवाज र गर्जनसहित आएको सो दुई चक्रवात आफ्नो घर अगाडि एकापसमा जुधे । त्यसको अगाडि जे पर्यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात फेटा गाउँपालिका–६ पुरैनियाका लैस मियाँले त्यो साँझको विनाशलीला सम्झँदै भने– त्यो चक्रवातमा आगोजस्तो देखिने उल्का जस्तो थियो– ३०० मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो ।
यो भयङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जव्दी, भलुही, पुरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा व्यापक धनजनको क्षति गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।