च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
सिन्धुली - बीपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारबाही नगरी छाडेको भन्दै नेपाली कांग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो ।
तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाएकामा गए राति नै छाडेकाले दोषीलाई कारबाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिनुभयो ।
दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि बीपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनाैँ स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ । आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव घिमिरेको भनाइ छ ।
अहिले नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सवारी सञ्चालन गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे दुर्व्यवहारसहित हातपात गरेको आरोप लागेको छ । सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ ।
कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारवाही गर्न उहाँले हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी आग्रह गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।