इंग्लिस प्रिमियर लिग: केही घण्टाका लागि म्यानचेस्टर सिटी शीर्ष स्थानमा

 वैशाख १, २०७६ आइतबार २०:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ३–१ गोल अन्तरले पराजित गर्दै सिटी कम्तिमा साढे १ घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा सिटीको ८३ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ८२ अंक छ ।

लिभरपुलले आइतबार नै चेल्सीसँग खेल्दै छ । उक्त खेलको नतिजाले शीर्ष तालिकामा प्रभाव पार्ने छ । सिटीको जितमा दुई गोल रहिम स्र्टलिङले गरेका थिए भने एक गोल ग्याब्रियल जेससले थपे ।

स्र्टलिङले १५ औं तथा ६१ औं मिनेटमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाएका थिए । तर ८१ औं मिनेटमा क्रिष्टलका लुका मिलभोजिकले एक गोल फर्काउँदै अग्रता २–१ मा झारेका थिए । तर खेल ९० औं मिनेटमा ग्याव्रियल जेससले गोल गरेपछि सिटी ३–१ गोलले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया