च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
जनकपुरधाम - मिथिलाञ्चलमा सोमबार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ ।
प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ ।
मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।
यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिइ आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यसक्रममा मैथिलहरू एकाबिहानै उठेर आफ्नो परिवार र गाउँका केटाकेटीलाई आशीर्वाद दिने चलन पनि रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा ताप विरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूख विरूवाका लागि पनि शीतलताको कामना गरिन्छ ।
यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिदैन । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटविरूवाका साथै घर–गृहस्थीका सबै वस्तुहरू सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा र सवारी साधनमाथि पानी जुराउने गरिन्छ ।
त्यस्तै यस पर्वमा गाउँका इनार, कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरी हिलो दलेर एक अर्कालाई जिस्काउने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ ।
जीउ भरी हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ । जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ । एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ ।
यस पर्वमा तरूवा, बरी (वेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिन्छ ।
जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीकरूपमा पनि प्रतिष्ठित रहेको छ । नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातवरण, स्वच्छ पानी, स्वच्छ जीउ, स्वच्छ र रूचिकर खानासँगै ताप विरूद्ध लडने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वमा निहित सन्देश हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।