नेपाल वायुसेवा निगमकाे दिल्ली उडान थप

 बैशाख ८, २०७६ आइतबार १७:३८:३ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।

भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाण्डौ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ ९मे १ देखि० काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान गर्दै आएको छ ।

यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाण्डाै–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।
    
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।
    
‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुवै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौ, ‘वाइड बडी’ उड्दा २७४ यात्रु र समान आउने जाने हुन्छ, जुन ‘न्यारो बडी’ ९१५८ सिट क्षमता० को दोबर यात्रु एउटै ‘वाइड बडी’ले बोक्ने भएकाले सबै उडान ‘वाइड बडी’ मार्फत नै गर्न लागेका हौँ,’ सहायक प्रवक्ता कोइरालाले भन्नुभयो ।

निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान गर्दै आएको छ भने अन्य आठ देशमा पनि अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया