सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
विश्वकप २०१८ अन्तर्गतको नकआउट चरणको पहिलो खेलमा शनिबार बेलुकी पौने ८ बजे फ्रान्स र अर्जेन्टिना प्रतिपस्र्धा गर्दैछन् । दुर्भाग्य नै भन्नुपर्छ दुई ठूला टिम नकआउट चरणमा नै भेट भएकाले आज पराजित हुने घर फर्किनु पर्ने हुन्छ ।
आजको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी तथा फ्रेन्च स्टार पोग्बामा सबैको ध्यान केन्द्रित हुनेछ ।
अर्जेन्टिनाका प्रेरणा, टोलीका नेता, कप्तान र सर्वश्रेष्ठ खेलाडी । बार्सिलोनाका सुपरस्टार मेस्सी रुसमा सुरुवाति दुई खेलमा आलोचनाका शिकार बने । तर, अन्तिम खेलमा नाइजेरियाविरुद्ध गोल गरेपछि उनले आफ्नो स्थायी लयको छनक दिएका छन् । फ्रान्ससँगको खेलमा धेरै हदसम्म अर्जेन्टिनी टोली मेस्सीमा निर्भर रहन्छ, जस्तो कि यसअघिका खेलहरुमा देखिएको थियो ।
फ्रान्सका मुख्य खेलाडी पाउल पोग्बालाई डेनमार्कविरुद्धको खेलमा आराम दिइएको थियो । उनी अर्जेन्टिनाविरुद्ध प्लेइङ सेटमा आउनेछन् । अर्जेन्टिनाको मिडफिल्ड अहिलेसम्म शानदार देखिएको छ । र, उच्च लयमा रहेका पोग्बा त्यसलाई ध्वस्त पार्न फ्रान्सको मुख्य हतियार हुनेछन् । समूह चरणको सुरुवाति दुई खेलमा जित हासिल गर्न पोग्वाको प्रदर्शन अहम रहेको थियो ।