च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी जिनपिङले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आउनुभएका अन्य देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएकाे छ ।
त्यस अवसरमा ‘बीआरआई’ मा संलग्न देशका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालको अन्नपूर्ण, माछापुच्छ्रे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
रात्रिभोजमा ठूलो सङ्ख्यामा विदेशी अतिथिको उपस्थिति थियो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सचिव वैरागीको उपस्थिति थियो ।
त्यस अवसरमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आउनुभएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सामूहिक तस्बीर खिचिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।