लोप हुन लागेका रैथाने बाली संरक्षण गर्न सामुदायिक बीउ बैंक

 असार १६, २०७५ शनिबार १९:३३:५५ | डीबी बिष्ट

बझाङ - लोप हुन थालेका रैथाने जातकाे बाली संरक्षण गर्नका लागी बझाङकाे मष्टा गाउँपालिकामा सामुदायिक बैंककाे स्थापना गरिएको छ । 

मष्टा गाउँपालिका-२ का स्थानीय बासिन्दाले मष्टा साना किसान कृषि सहकारी संस्था लिमिटेड दर्ता गरी सामुदायिक बीउ बैंक संचालन गरेका हुन् । 

जिल्लाबाट लोप हुने खतरामा पुगेका सबै रैथाने जातका बालीहरु संरक्षण गर्ने मुख्य उदेश्यका साथ ७ जनाको समिति गठन गरेर सामुदायिक बीउ बैंकको स्थापना गरिएको बैंकका अध्यक्ष धीर बहादुर खड्काले बताउनुभयो । 

बैंकमा लोप हुने खतरामा रहेका स्थानीय तागामारो, लमण्या, उभो देशी, सुनाखुरी,रातो धान, राम जमुना, जाउली धान, मास्र्या,कोदो, कागुनु, फाँपर, रातो झालो, चाम्ण्या काठो, मुणुल्लो, बड्डी गहुँ तथा भदौरे मकैका बीउहरु पाउन सकिने अध्यक्ष खड्काको भनाई छ ।

बैंकमा पाइने अन्य बीउहरुमा मनकामना एक, मनकामना ४, रातो भटमास, कालो भटमास, मुरी मास, रातो मास, रातो र कालो गतह, गुराँस आदी रहेका छन् ।

किसानहरुसँग भएको बीउ खोजेर भण्डारण सहित किसानहरुलाई सहुलियत मूल्यमा बिक्री गर्ने गरेको उहाँको भनाई छ ।

लामो समयसम्म एकै जातको बाली लगाउँदै आएका यहाँका किसानहरु अहिले आफ्नाे खेतबारीमा बाली परिवर्तन गर्न समेत थालेका छन् । खेतबारीमा बारम्बार एकै जातको बाली लगाउदा अन्न उब्जनिमा ह्रास आउने कुरा जानकारी पाए पछी बाली परिवर्तन गर्न थालेको किसान महेन्द्र बहादुर सिंहले बताउनु भयो । 

स्थानीयहरुका अनुसार ५ सय परिवार बसोबास गर्ने सबैले अहिले लोप हुन थालेका रैथाने जातका बालीहरु लगाउने गरेका छन् ।

गाउँमा एक दुई जनाले मात्रै लगाउने गरेको लोप हुने खतरामा पुगेका रैथाने जातका बीउहरु पाएपछि अहिले अधिकाँशले आफ्नो खेतबारीमा कोदो, फापर, कागुनो लगायतका अन्न लगाउने गरेको सिंहको भनाई छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया