यतीले ल्यायो एटिआर जहाज

 बैशाख १५, २०७६ आइतबार ७:९:१२ | रासस
unn.prixa.net

काठमाण्डाै – निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौँथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ ।

नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ यतीले जहाज थपेको हो । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्न थपिएका जहाजले सहयोग पुग्ने एयरलाइन्सको विश्वास छ ।

यति एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले कम्पनीको थप एटीआर ७२ जहाज आगमी मे महीनाभित्रै काठमाडौँ आइसक्ने जानकारी दिनुभयो । नयाँ एटीआर एक फ्रान्सेली इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्विन इञ्जिन टर्बोप्रोप विमान हो ।

सन् १९९८ देखि उडान सेवा सुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम जहाज र भगिनी संस्था तारा एअरको दुई वटा डोर्निओर डीओ २२८ र चार वटा ट्विनअर्टर जहाज छन् । कम्पनीले विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । क्षेत्रीय उडान खासगरी दुर्गम भेगमा तारा एयरले आफ्नो वर्चश्व कायम गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया