विद्युत सब-स्टेशनकाे सर्किट ब्रेकर पड्किँदा ५० लाख बराबरको क्षति

 बैशाख १५, २०७६ आइतबार १९:६:३२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - शिवराज नगरपालिकाको चन्द्रौटामा रहेकाे नेपाल विद्युत प्राधिकरणको सब-स्टेशनमा सर्किट ब्रेकर पड्किँदा झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार बिहान ४ बजे सर्किट ब्रेकार पड्केको तौलिहवा वितरण केन्द्रका प्रमुख जय कुमार यादवले बताउनुभयाे । चन्द्रौटा सब-स्टेशनमा कृष्णनगर औद्योगिक क्षेत्रको समेत विद्युतीय भार रहेका कारण अधिक विद्युत भारले सर्किट ब्रेकार पड्केको हुन सक्ने केन्द्र प्रमुख यादवकाे भनाइ छ ।

सर्किट ब्रेकर पड्किएपछि बिहान ४ बजे देखि आज साँझ ५ बजेसम्म जिल्लाभर विद्युत बन्द भएको थियो । बुटवलबाट सर्किट ब्रेकर ल्याई जडान गरे पछि जिल्ला भर विद्युत आपुर्ति गरिएको केन्द्र प्रमुख यादवले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया